आईपीएलको नयाँ टोली अहमदावादको नाम र कप्तान सार्वजनिक

जनपत्र
२५ माघ २०७८, मंगलवार ०८:१५

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको नयाँ टोली अहमदावादको फ्रेन्चाईज नाम सार्वजनिक भएको छ ।

अहमदाबादले सोमबार एक कार्यक्रमबीच आफ्नो फ्रेन्चाईज नाम सार्वजनिक गरेको हो । सिभिसी क्यापिटल्स पार्टनरको स्वामित्वमा रहेको अहमदावादले आफ्नो फ्रेन्चाईज नाम ‘अहमदाबाद टाइन्टस’ राखेको छ।

सिभिसी क्यापिटलले ५ हजार २ सय करोड भारतीय रूपैयाँमा अहमदावाद टिम खरिद गरेको हो। सिभीसी क्यापिटल युरोप, एशिया र अमेरिकामा आफ्नो ब्यापारलाई फैलाएर बसेको छ। यसअघि यो घरानाले फर्मुला वनमा लगानी गरेको थियो। यस्तै ला लिगामासमेत आफ्नो सेयर किनेको छ।

यो टिमको घरेलु मैदान विश्वको सर्वाधिक ठूलो रंगशाला नरेन्द्र मोदी स्टेडियम हुनेछ। जसका क्षमता १ लाख २० हजार रहेको छ। आगामी मार्च अन्तिम साताबाट सुरू हुने आइपिएलमा यसपालिदेखि १० वटा टिमले सहभागी जनाउनेछन्। यस अघि ८ टोलीले खेल्दै आएका थिए ।

आईपीएलमा पहिलो पटक १० टिम सहभागी हुन् लागेका भने होइन। यसअघि सन् २०११ मा १० टिम सहभागी थिए। त्यो बेला पुने वारियर्स र कोच्ची टस्कर्सलाई समावेश गरिएको थियो। कोच्चीलाई विवादपछि एउटा सिजन पछि हटाइएको थियो। २०१४ पछि पुनः आईपीएलमा ८ टिम खेल्न थालेका थिए।

आईपीएलमा टिम संख्या थपिएसँगै नेपाली खेलाडीले पनि अवसर पाउन सक्छन्। यसअघि नेपालबाट सन्दीप लामिछानेले आइपिएल खेलिसकेका छन्। नयाँ संस्करणको मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*