एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित

जनपत्र
२४ माघ २०७८, सोमबार ०७:५९

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हराएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि ४(२ गोलअन्तरले जित निकालेको हो।

खेलको ८ औं मिनेटमा लुइस स्वारेजको पासमा यानिक करास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाका जोर्डी अल्बाले ड्यानियल अलाभेसको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। २१ औं मिनेटमा गाभिको गोलमा अग्रता लिएका घरेलु टोलीका लागि ४३ औं मिनेटमा रोनाल्ड अराउजोले गोल गरे। र, पहिलो हाफमा बार्सिलोना ३(१ गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा ड्यानी अलाभेसले बार्सिलोनाको गोल थपे। उनले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए। यता एट्लेटिकोका लागि ५८ औं मिनेटमा लुइस स्वारेजले गोल फर्काए। तर खेलमा फर्कन उनको गोल पर्याप्त रहेन। ६९ औं मिनेटमा अलाभेस रेडकार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो। तर, यसको फाइदा उठाउँदै गोल थप्न एट्लेटिको असफल रह्यो। र, बार्सिलोनाले ४(२ ले आफ्नो पक्षमा पार्‍यो।

गएराति नै सम्पन्न अन्य खेलहरुमा रियल मड्रिडले ग्रानडामाथि १-० गोलअन्तरले जित निकाल्दा भ्यालेन्सिया र रियल सोसिडाड गोलरहित बराबरीमा रोकिए। त्यस्तै भिल्ला रियलले रियल बेटिसलाई २(० ले हरायो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*