प्रधानन्यायाधीश जबराले टेरेनन् अल्टिमेटम, आन्दोलनलाई थप कडा बनाउने नेपाल बारको निर्णय

जनपत्र
४ मंसिर २०७८, शनिबार ०५:५४

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रमहरुलाई थप कडा बनाएर अगाडि बढाउने भएको छ। शुक्रबार बसेको बारको बैठकले आन्दोलनलाई थप कडा बनाएर अगाडि बढाउने निर्णय गरेको हो ।

बारले अब प्रधानन्यायाधीश जबराको राजीनामालाई नै अल्टिमेटम बनाएको छ । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले दिएको जानकारीअनुसार आइतबार नेपालभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा नहर्ने सहमति भएको छ । नेपाल बार एशोसिएसनले यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई शुक्रबार दिउँसोसम्मको अल्टिमेटम दिएको थियो ।

तर, अल्टिमेटमलाई प्रधानन्यायाधीश जबराले कुनै वास्ता गरेनन् । उनले राजीनामा नदिएपछि बारले आन्दोलनका कार्यक्रमलाई थप अगाडि बढाउने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*