गायक अमात्यको जग्गामा नक्कली लालपूर्जा राखेर १९ करोड ऋण दिने कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ

जनपत्र
२४ कार्तिक २०७८, बुधबार ०६:३९

गायक गायक योगेश्वर अमात्यको नाममा १९ करोड रुपैया ऋण दिने कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन् । अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकका कर्मचारीले १९ करोड ऋण दिएको खुलेपछि बैकका कर्मचारीसहित चार जना पक्राउ परेका हुन् ।

बैंक २ जना कर्मचारी र अन्य २ जना मिलेर नक्कली लालपुर्जाको आधारमा १९ करोड ऋण प्रवाह गरेका थिए । अमात्यले जग्गाको हेरचाह गर्न राखेका व्यक्तिले सोबारे जानकारी पाएपछि प्रहरीमा उजुरी परेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नक्कली जग्गाधनी र बदमासी गर्ने बंैकका कर्मचारी पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गायक अमात्यको नाममा बारामा १२ बिगाहा जग्गा थियो । उनले सो जग्गा कमाउन स्थानीयलाई जिम्मा दिएका थिए । काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतम नक्कली लालपुर्जा बनाएर कुमारी बैकको बारा शाखामा ऋण निकाल्न प्रक्रिया सुरु गरे । बैकका ऋण अधिकृत र सम्पत्तिको मूल्याङ्कनको जिम्मा पाएकाहरू मिलेर दुवै जनाको नाममा १९ करोड ऋण सदर गरिदिएका थिए । यता जग्गाको नक्कली लालपुर्जा राखेर ऋण निकाले पनि मालपोत कार्यालयमा भने जग्गाधनीमा अमात्यकै नाम थियो । पछि अमात्यको जग्गाको रेखदेख गर्ने व्यक्तिले घटनाबारे जानकारी पाएपछि अमात्यलाई खबर गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गर्दा किर्ते लालपुर्जाको आधारमा ऋण निकालिएको र २ महिना अगाडि नै बैकले ऋण समेत असुली सकेको छ । तर सरकारी कागजपत्र किर्ते गरेर बदमासी गरेको देखिएपछि ब्युरोको टोलीले बैकका २ जना र नक्कली जग्गा धनी दुवै जनालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ । नेपालबहसबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*