पाल्पामा हावाबाट बिजुली

जनपत्र
८ जेष्ठ २०७६, बुधबार ०६:५२

पाल्पा –  पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ । सुरुमा कुरा सुन्दा हावादारी जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा टुकीको भरमा बस्नुभन्दा यही ठिक भएको स्थानीयले बताएका छन् । बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा एक हजार २०० वाट विद्युत् उत्पादन गरेर वडा कार्यालय, स्वास्थ्यचौकी र रुक्से भन्ज्याङ बजार क्षेत्रमा सेवा दिइएको छ । पीडा नेपाल, काठमाण्डौ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रीस देशको सामाजिक संस्थाको सहयोगमा मित्याल रुक्से भञ्याङ्मा पङ्खा राखेर विद्युत् सेवा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*