चलचित्र पत्रकारिता दिवसका दिन दुईजना पत्रकार हेटौंडामा पुरस्कृत

हेटौंडा / चलचित्र पत्रकार संघ मकवानपुर साखाले आज दुईजना पत्रकारलाई सम्मान गर्दै पुरस्कृत गरेको छ । चलचित्र पत्रकारिता दिवशका अवसरमा आयोजित चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार बितरण समारोहका अवसरमा रेडियो नेपालका बरिष्ठ पत्रकार डाक्टर नवराज लंसालाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित पुरस्कृत गरिएको छ । त्यहसैगरी नेपाल समाचार पत्र दैनिक र हेटौंडा सन्देश दैनिकका पत्रकार रोषन पराजुलीलाई पाँच हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । दुबै जनालाई प्रदेश नम्बर ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनियाले नगद सहित पुरस्कार बितरण गर्दै सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रदेश न ३ का प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकबारे सरकार र सञ्चार माध्यम बिचको समन्वयमा टुंगोमा पुग्नुपर्ने बताउनुभयो । मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभयो । उहाँले मिडियामा भाइरस पसेका कारण त्यसको उपचारको लागि मिडिया काउन्सिल विधेयक ल्याइएको हो तर त्यस विद्येयकले निष्पक्ष तथा स्वतन्त्र पत्रकारितालाई समेत असर पुग्ने बताउनुभयो ।
स्वतन्त्र मिडिया बिना लोकन्त्र बलियो हुन नसक्ने उनको भनाई थियो । समाज रुपान्तरणमा मिडियाको भुमिका सशतm रहेको उनले बताउनुभयो । सामाजिक, आर्थिक, राजनितिक सहित हरेक क्षेत्रको चौतर्फि विकासमा खेलेको योगदानको चर्चा गर्दै बानियाँले आवाजहिनको आवाज बन्ने सोचमा अडिक रहन सुझाब दिनुभयो । लोकतान्त्रीक राज्यलाई कमजोर पारेर लोकतन्त्र बलियो हुनै नसक्ने भन्दै उनले संचार क्षेत्रको विकासमा आफु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार माथि अंकुस लगाउन खोजेको भन्दै यस विषयमा पत्रकार सचेत भई कलम चलाउन आग्रह गरेका छन् । उपाध्यक्ष पोख्रेलले पत्रकारले समाजमा रहेका हरेक आम नागरीकको स्वतन्त्रताको पक्षमा उभिएर काम गर्न समेत आग्रह गर्नुभयो । केही पत्रकारले पेशालाई अमर्यादीत वनाएको प्रति चिन्ता ब्यतm गर्दै उपाध्यक्ष पोख्रेलले पत्रकार समाजको ऐना भएकाले तथ्यमा आधारीत विषयवस्तु लाई समेटनु पर्ने वताउनुभयो ।
मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गर्ने निर्णय गरिएको भएता पनि कलाकार खड्गीको आफन्तको मृत्यू भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेको संघका मकवानपुर अध्यक्ष मणिराज गौतमले जानकारी गराउनुभयो । कार्यक्रम प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, पत्रकार महासंघका पुर्ब महासचिब पोषण केसी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट, बानका उपाध्यक्ष उज्जवल चौँलागाई, संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो ।