सञ्चारका साधन सहित हेटौंडामा पत्रकारको प्रदर्शन

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा आज हेटौंडामा सञ्चारका साधन सहित हेटौंडामा प्रदर्शन गरिएको छ । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित बनेको नेपाल पत्रकार महासंघ मकवानपुर साखाले आज हेटौंडामा प्रदर्शन गरेको हो । हेटौंडाको सिमाचोकबाट सञ्चारका साधन सहित निकालीएको ¥याली बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै पुन सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।
संचारसंग सम्बन्धित निकायसंगको सहकार्यबाट मात्र बिधेयक ल्याउनका लागि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले माग गर्नुुभयो । बिधयक नसचिएसम्म आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो । सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजीएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताउनुभयो ।
पहिलो चरणको आन्दोलनका क्रममा आज बिहान अन्तीम कार्यक्रम अनुसार सञ्चार साधनसहित प्रदर्शन गरिएकोले अब महासंघको केन्द्रीय सर्कुलर अनुसार अरु आन्दोलन गर्नका लागि पनि तयार रहेको हुमागाईंले बताउनुभयो । पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको छ ।