मिडिया काउन्सिल सम्बन्धी विधेयकमा प्रेश युनियनको बिरोध

हेटौंडा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले बिधेयक ल्याउन लागेको भन्दै प्रेश युनियन मकवानपुरले आज हेटौंडामा ¥याली निकालेको छ । स्वस्थ, स्वतन्त्र, मर्या्दित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन मकवानपुरको ¥याली निकालीएको हो ।
मन्त्रिपरिषदबाट पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक ल्याइएको प्रेस युनियनको ठहर छ ।
पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत रहेकोले विरोध गर्नु परेको विरोधपछिको सभामा बोल्दै प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहालले बताउनुभयो ।
हेटौंडाको सीमाचोकबाट सुरु भएको ¥याली बुद्धचोक हुँदै उद्योग वाणिज्य संघ चोकमा पुगेर पुनः सीमाचोकमा फर्किएर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले सरकारले ल्याउन लागेको विधेयक नसच्चिएसम्म आन्दोलन जारी रहने बताउनुभयो । युनियनका सचिव केशव सुबेदी समर्पणले प्रेसमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धले आम नागरिकको सूचनाको हक खोसिने बताउँदै अब पत्रकार मात्र होइन आम सर्वसाधारण पनि सडकमा आउनु जरुरी रहेको औंल्याए ।