प्रदेश ३ को अडिटर्स एशोसियनको अधिवेशन हेटौंडामा सम्पन्न

जनपत्र
१ जेष्ठ २०७६, बुधबार ०६:१७

हेटौंडा । नेपाल अडिटर्स एशोसिएसन प्रदेश ३ को अबिधेशन आज हेटौंडामा सम्पन्न भएको छ । एशोसिएसनका केन्द्रीय अध्यक्ष मोहन प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै आगामी ३ बर्षका लागि रामकुमार बर्तौलाको अध्यक्षतामा समिति गठन गरेको छ । समितिमा देवीप्रसाद डल्लाकोटी उपाध्यक्ष, द्धारिका रिजाल सचिव, रघुनाथ खराल कोषाध्यक्ष, कृष्णबहादुर श्रेष्ठ सहसचिव रसदस्यहरुमा भेषराज कोईराला, लबप्रसाद सुवेदी र तेजप्रसाद रुपाखेतीलाई चयन गरेको छ ।

आजको कार्यक्रममा एशोसियसनका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, आइक्यान पार्षद केदारप्रसाद पौडेल, बहादुर सिंह विष्ट, केन्द्रीय सचिव राजेन्द्रप्रसाद ढुङाना, केन्द्रीय सदस्य रामजी अधिकारी, रोहितकुमार झा, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, पूर्व केन्द्रीय सदस्य कल्पना इटेनी लगायतको उपस्थिति रहेको थियो । प्रदेश ३ मा व्यवसायिक रुपमा अडिटर पेशा गर्नेहरुको हकहित र उनीहरुलाई अझ जिम्मेवार बनाउदै लैजाने उद्देश्यमा एशोसियसन लागि रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*