मकवानपुर प्रशासन मार्फत सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र
हेटौंडा । नेपाल प्रेश युनियन मकवानपुर साखाले आज जिल्ला प्रशाशन कार्यालय मकवापनुर मार्फत सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । प्रेश युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज) ले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्मा मार्फत सभामुख र अध्यक्षलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकका बिरुद्धमा ज्ञापनपत्र बुझाइएको हो । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा गर्न खोजिएकोे बिरोधमा युनियनले देशब्यापी आन्दोलनका कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाएको हो ।
मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार मकवानपुरमा बुझाइएको हो । कार्यक्रममा मकवानपुरका संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । मिडियालाई नियन्त्रण गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघ पनि देशब्यापी आन्दोलनमा उत्रिएको छ ।