दुईवटा सडकको सिलान्याश

जनपत्र
३० बैशाख २०७६, सोमबार १७:२५

हेटौंडा । हेटौंडाका २ वटा वडामा झण्डै एक करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको सडकमा स्लाब ढलानको आज सिलान्याश गरिएको छ । हेटौंडा १२ सिग्रेनी र हेटोंडा ५ पिप्लेकुना जाने सडकको सिलान्याश गरिएको हो । दुबै सडकको सिलान्याश गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पक्की सडक निर्माणको कामलाई तिब्रता दिइएको बताउनुभयो ।

सिग्रेनीमा ५ सय मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सडक निर्माण गर्न लागिएको हो । बषौ अघिदेखि कच्ची सडक भएकाले सडक पक्की बनाउन लागिएको मेयर महतले बताउनुभयो । ५० लाख रुपैयाँ लागतमा सडक स्लाब ढलानको काम सुरु भएको हो ।

यसैगरी हेटौंडा ५ पीप्लेमा कान्तीलोकपथबाट पिप्लेकुना जाने सडक पनि आजै सिलान्याश गरिएको छ । ३७ लाख रुपैयाँ लागतमा ८ मिटर फराकिलो सडकमा स्लाब ढलान गर्न सुरु गरिएको मेयर महतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*