प्रभावकारी बन्दै मुख्य मन्त्री स्वास्थ्य परिक्षण

हेटौँडा / नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउन का लागि प्रदेश ३ मा सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तगर्त हेटौँडा अस्पतालमा ५ सय १४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । सरुवा रोग एवं महामारीको रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिइनेछ ।
विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरु गरीएको हो । स्वास्थ्य परिक्षण गराउन महीलाको सहभागीता उल्लेख्य रहेको छ । चैत १७ गतेदेखी बैशाख २२ गतेसम्म ३५९ जना महीला र १५५ जना पुरुषले स्वास्थय परिक्षण गराएको मुख्यमन्त्री स्वास्थ्य परिक्षण हेटौँडा अस्पतालका संयोजक सिनीयर अहेब अनन्त बास्कोटाले जानकारी दीनुभयो ।
बास्कोटाका अनुसार सबैभन्दा धेरै हेटौँडा उपमहानगरापलीका १७ बाट सबैभन्दा बढी ७२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । प्रदेश नं ३ सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाइ नौ वटा योजना मध्य एक नमुना कार्यक्रमको रुपमा शुरु गरेको हो । हेटौँडा अस्पतालबाट शुरु गरेको जनता स्वास्थ्य परीक्षण कार्यक्रममा तीस देखि सत्तरी वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ता व्यतिका लागि यो कार्यक्रमले आफु कति स्वस्थ छौं भनेर जानकारी दिनको लागि यो कार्यक्रम संचालनमा ल्याइएको हो ।
तर, लक्षीत उमेर समुहभन्दा माथीका जेष्ठ नागरीक पनी उपचार गराउन आएको र उनीहरुलाई जठील रोग नलागेको र अस्पतालनै नपुगेकाहरुको पहीचान गरि स्वास्थय सेवा प्रदान गरिएको बास्कोटाले जानकारी दीनुभयो । यस कार्यक्रममा रोग पत्ता लगाएर उपचार भने आफुले चाहेको स्थानमा गर्न सकिने व्यवस्था गरिएको छ । यस कार्यक्रममा १६ किसिमका स्वास्थ्य परीक्षण निःशुल्क हुनेछ ।
प्रदेश सरकारले पाईलट प्रोजेक्टको रुपमा हेटौँडा उपमहानगर क्षेत्रमा यो सेवा सुरु गरेको हो ।
हेटौँडा उपमहानगर क्षेत्रको १९ वडाबाट प्रत्यक वडाबाट १ सय जनालाई सेवा प्रदान गर्ने लक्ष्य लीईएपनी केही वडमा भने उत्साहजनक सहभागीता देखीएको छैन । वडा कार्यालयले सिफारिस गर्दा स्वास्थ्य परिक्षण गर्ने मितिसमेत तोकेर सिफारिस गर्ने र दैनिक ३० जनासम्मको मात्र परिक्षण गर्ने गरीएको छ । उपचार गराउन आएकाहरुमध्य धेरैजसोमा कोलेस्ट्रोल,उच्चरक्ताचप,पथ्थरीको समस्या देखीएको छ ।