प्रत्यक निर्बाचन क्षेत्रमा ५० करोड सम्मको एउटा र १० करोड सम्मका तीन वटा योजना छनौट गरिने

जनपत्र
२५ बैशाख २०७६, बुधबार १७:२३

हेटौंडा /  प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले आगामी आर्थिक बर्ष २०७६।७७ को बजेट तयार गर्नका लागि प्रदेश सभाका ६६ वटै निर्वाचन क्षेत्रमा अन्तरकृया र छलफलबाट बजेट तयार गर्ने भएको छ । यही बैशाख २६ र २७ गते प्रदेश सभाका ६६ वटै निर्वाचन क्षेत्रमा अन्तरकृया र छलफल गरेर सबैपक्षको सुझाबका आधारमा ठुला र साना खालका महत्वपुर्ण योजनाको छनौट गर्न लागिएको हो ।

प्रदेश सभाको प्रत्यक निर्बाचन क्षेत्रबाट १० करोड रुपैयाँ भन्दा माथी ५० करोड भन्दा कम रकम पर्ने एउटा योजना छनौट गर्नुपर्ने मापदण्ड बनाइएको छ । त्यसैगरी ५० लाख भन्दा माथी १० करोड भन्दा कम रकमको तीन वटाका दरले आयोजना छनौट गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।

प्रदेशसभाका प्रतक्ष निर्बाचित सदस्य, समानुपातिक सदस्य, संघिय सांसद, जिल्ला समन्वय सहित स्थानीय तहका प्रमुख, पदाधिकारी र प्रमुख प्रशासकिय प्रमुखको सहभागितामा योजनाको छनौट गरेर ल्याउनका लागि दुइदिने अन्तरक्रिया कार्यक्रम गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमराल देबकोटाले बताउनुभयो ।

संघिय सरकार, प्रदेश र स्थानीय तहको सहकार्यमा हुने आयोजनालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो । निर्बाचन क्षेत्रसम्मको अन्तरक्रियाबाट छनौट भएका आयोजना आउँदो जेष्ठ ५ गते भित्रमा प्रदेश सरकारको बिषयगत मन्त्रालयमा ल्याइसक्नका लागि आयोगले निर्देशन दिएको छ । आउँदो आर्थिक बर्षमा असारमा बजेट ल्याउनका लागि प्रदेश सरकारले तयारी गरेर ल्याउन लागेको हो ।

आउँदो आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम, योजान तर्जुमा र बजेट कार्यक्रम ल्याउनका लागि प्रदेश सरकार जुटिसकेकाले योजना छनौटको काम स्थानीय स्तरबाटने गर्नका लागि यो काम गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*