जग्गा प्लटिङ गर्न हेटौंडा पछी गाउँ छिर्दै भूमाफिया

जनपत्र
२५ बैशाख २०७६, बुधबार ०६:३५

हेटौंडा /  हेटौंडा बजार वरपरका जमिन टुक्रा–टुक्रा पारेर खण्डिकृत गर्दै आएका भूमाफियाहरु गाउँ छिर्न थालेका छन् । बिभीन्न बहानामा खेतियोग्य जमिन टुक्रा पारेर बिक्री गर्दै आएका जग्गा ब्याबसायीहरु मकवानपुरका गाउँ– गाउँमा गएर खेतियोग्य जमिन खण्डिकृत गर्दै बिक्री गर्ने गरेका छन् । जग्गा प्लटिङ गरेर बिक्री गर्नका लागि स्थानीय तह र संघिय सरकारले रोक लगाएको छ । तर, गाउँका खेतियोग्य खेत, बारी प्लटिङ गरेर बिक्री गर्न भने रोकिएको छैन । शहर भित्र र वरपरका जमिन टुक्रा पारेर बिक्री गर्दै आएका भूमाफियाहरु गाउँ छिर्न थालेपछी गाउँका डाँडा र खेतियोग्य जमिन समेत डरलाग्दो रुपमा चिरेर उराठ लाग्दो बनाईदै छ ।

जग्गाको ब्याबासाय गर्ने नाममा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ सिमल्टारमा डाँडा एक्साभेटरले पुरै खारेर जग्गा प्लटिङ गर्न लागिएको छ । सिमल्टारको सामरी खोला तर्फको खेत प्लटिङ गरेर बिक्री गरेपछी अहिले सिमल्टारको भित्ता तर्फको जमिन टुक्रा पारेर बिक्री गर्ने नाममा सिमल्टारका बजार क्षेत्रका घर वस्तीनै जोखिममा पारेको स्थानीय वासिन्दाहरुले बताएका छन् । जग्गा प्लटिङ गरेर बिक्री गर्नका लागि कुनैपनि स्वीकृतिनै नलिएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । खेतियोग्य जमिनलाई खण्डहर बनाएर स्थानीयलाई असर गर्नेगरी जमिनको बिक्री गर्न नहुने उहाँले बताउनुभयो ।

सिमल्टारका डाँडा, खेत र बारीका गरा सबै प्लटिङ गरेर सम्म पार्दै जग्गा टुक्रा पार्ने नाममा खण्हर बनाइएको हो । जग्गा प्लटिङ गर्ने नाममा जमिन खनेर सम्म पार्दा बर्षायाममा पहिरोको खतरा पनि उत्तिकै भएको स्थानीय वासिन्दाहरुले बताएका छन् । जग्गा प्लटिङको डरलाग्दो रुप भएपनि स्थानीय नेता समेतको मिलेमहतो भएकाले खुलेर बिरोध गर्न पनि समस्या भएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
खेतियोग्य जमिन सस्तो मुल्यमा खरिद गर्ने र टुक्रा बनाएर लालपुर्जाकै आधारमा बिक्री गर्दा कसले खरिद गरेर कसरी बिक्री भईरहेको छ भन्नेमा पनि स्थानीयहरु अनबिज्ञ छन् । जग्गा टुक्रा पारेर बिक्री गर्ने चलन शहरमा मात्र पहिले भएपनि अहिले गाउँमा यो समस्या देखापर्न थालेपछी अब गाउँपालिकाले नयाँ कार्यबिधि तयार पारिने अध्यक्ष हुमागाईले बताउनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*