हेटौंडानै स्थायी राजधानी कायम हुन्छ –मुख्यमन्त्री पौडेल
हेटौंडा / प्रदेश नम्बर– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडामानै कायम रहने बताउनु भएको छ । मकवानपुर मिडिया प्रालिद्धारा संचालित हेटौडा एफ.एमको १४ औ बार्षिक उत्सबको आज हेटौंडामा उध्घाटन् गर्दै उहाँले आफु मुख्यमन्त्री नभएको भए सरकार गठन भएको भोली पल्टै हेटौंडाबाट राजधानी सरिसक्ने बताउनुभयो । अब कुनैपनि हालतमा राजधानी हेटौंडाबाट नसर्ने उहाँको भनाइ छ ।
पत्रकारहरुले सहि, सत्य तथ्यमा आधारित रहेर समाचार लेख्नुपर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । पत्रकारलाई नेगेटिभ आँखाले नहेर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो –राम्रा कुराहरुलाई खुलेआम रुपमा लेख्नुस, गरेका काम लेखिदिनुस । प्रदेशमा बिकाश भएन भन्नेहरुलाई आफुकहाँ पठाउनका लागि उहाँले आग्रह गर्नुभयो । अहिले हेटौंडा अस्पतालको स्तरउन्नती गरेर मेडिकल कलेजका रुपमा बिकाश गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो–अस्पताललाई ३ सय बेडका रुपमा बिकाश गर्ने गरी काम अगाढी बढेको छ । हेटौंडाको गौरीटारको रंगसाला निर्माण गरेर काम अगाढी बढाइएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश– ३ का प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले हेटौंडा एफ. एम किशोर अबस्थामा रहेर परिपक्व बन्दै गएको बताउनुभयो । अबका दिनमा अझै परिस्कृत बन्दै जाने उहाँको भनाई छ । अर्का प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठले राज्यका निकायले गरेका काम सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अधिकारको आन्दोलनमा एफ. एमले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
हेटौंडा एफ. एमका प्रबन्ध निर्देशक उज्वल चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उमप्रमुख मिना कुमारी लामा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटा, सिएनआइका प्रदेश ३ का अध्यक्ष ऋसीराम घिमीरे, उद्योग संघ मकवानपुरका अध्यक्ष नबराज अर्याल, नारायणी यातायात ब्याबसायी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ट, बलराम बल, जिल्ला खेलकुद बिकाश समिति मकवानपुरका अध्यक्ष माधब तिमल्सीना लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन हेटौंडा एफ. एमका निर्देशक शुदर्शन अधिकारीले गर्नुभएको थियो ।
हेटौंडा एफ.एमको १४ औ बार्षिक उत्सब सम्पन्न
मकवानपुर जिल्लाको पहिलो स्वतन्त्र एफएम स्टेशन हेटौडा एफएम आफ्नो स्थापनको १३ औ वर्ष सफलतापुर्वक पुरा गरि आजबाट गौरवमय १४ औ वर्षमाप्रवेश गरेको छ ।०६२ सालको जनआन्दोलनको राप र तापले हुर्किएको यस एफएम शुरुमा ५ सय वाटमा स्थापना भएपनि हालभने १ हजार वाटमा संचालन हुदै आइरहेको छ । भैरवडाडावाट रिले प्रशारण गरिरहेको यस एफएमको १४ औ वार्षिकोत्सव समारोह आज एफ एम मुख्यालयमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै कार्यक्रम भएको हो ।
जिल्लामा संचारको अभावमा स्थापना भएको यस एफएमले लामो समयदेखि समाचार शिक्षा संवादलाइ महत्वदिदै आइरहेको र आगामी दिनमा पनि आवाज बिहीनहरुको आवाजमुखरीत गर्ने कुरामा सधै लागि रहने हेटौडा एफएमका प्रवन्धनिर्देशक उज्वल चौलागाइले वताउनु भयो । दैनिक २० घन्टा प्रशारण हुदै आइरहेको यस एफएम प्रत्येक घन्टा समाचार र प्रत्येक आधा घन्टामा छोटा समाचार दिदै प्रख्यात भएको एफएम स्टेशनहो ।
हेटौंडाको कमलडाडामा प्रशारण केन्द्र रहेको र हेटौंडा १ भैरबडाँडाबाट समेत रिले स्टेशन रहेको एफ. एमले अझै समाचार र कार्यक्रमलाई थप परिस्कृत गर्दै लैजाने तयारी गरेको एफ. एमका प्रबन्धनिर्देशक चौलागाईले बताउनुभयो । जनआन्दोलनपछी बिभीन्न आरोह अबरोह पार गर्दै आएको एफ. एमले मकवानपुरका श्रोताका मन जित्न समेत सफल भएको चौलागाईले बताउनुभयो । बार्षिक उत्सबकालागि भोलीएफएम प्राङगण भब्य कार्यक्रम गर्ने तयारी गरिएको उहाले बताउनुभयो ।