प्रदेश ३ को वन ऐन सच्याउनका लागि सुझाब

जनपत्र
२२ बैशाख २०७६, आईतवार १८:३८

हेटौंडा /  सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल प्रदेश नम्बर ३ ले आज वन ऐन सच्याउनका लागि राय सुझाब दिदै ज्ञापनपत्र बुझाएको छ । प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाललाई प्रदेश राष्ट्रिय वन ऐन २०७६ को बिधयक उपर राय सुझाब दिदै पत्र बुझाइएको हो ।

मन्त्रीपरिषदद्धारा निणय गरेर प्रदेश सभामा दर्ता गरिएको बिधयकमा सच्याउनका लागि माग गर्दै मन्त्री नेपाल समक्ष पत्र बुझाइएको हो । सामुदायिक वनका प्रदेश अध्यक्ष बिनोद सापकोटाले आज मन्त्रालयमै गएर आफ्ना सुझाबहरुलाई कार्यनयन गर्नका लागि आग्रह समेत गर्नुभयो ।

बिधयकमा राखिएका र सच्याउनुपर्ने बुदाहरु स्पष्ट रुपमा लेखेर सचउनका लागि महासंघले माग गरेको हो । महासंघका जिल्ला तहका पदाधिकारी, सदस्यहरु सहितको बैठकले निणय गरेको छ । पत्र बुझदै मन्त्री नेपालले महासंघले दिएका सुझाबलाई कार्यनयन गर्न पहल गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*