मकवानपुरमा नदि जन्य पदार्थको व्यवस्थापन भएन, स्टक प्रमाणित गर्न निर्देशन

जनपत्र
२१ बैशाख २०७६, शनिबार १९:०८

हेटौंडा / मकवानपुरमा नदि जन्य पदार्थको स्टक व्यवस्थापनमा स्थानीय तहहरुले ध्यान नदिएको भन्दै त्यसको व्यवस्थापन गर्न निर्देशन दिईएको छ । शुक्रबार जिल्ला स्तरीय ढुंगा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समितिको बैठकले नदि जन्य पदार्थको स्टक व्यवस्थापन गर्न निर्देशन दिएको हो । नदिजन्य पदार्थ उत्खनन्, ब्याबस्थापनमा ध्यान नदिएको भन्दै समन्वय समितिले ध्यानाकर्षण गराएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला स्तरीय ढुंगा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्षको अन्त्य हुनै लागेको अवस्थामा स्टक व्यवस्थापन गर्न निर्देशन दिएको हो । स्थानीयतहले ठेक्का लगाएको मिति देखि यहि जेष्ठ मसान्त सम्म उत्खनन् गर्न पाउने तथा स्टक प्रमाणित गर्नु पर्ने भएकाले स्टक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

नदि जन्य पदार्थ घाटगद्दि गरेर मात्र विक्री वितरण गर्ने प्रणाली विकास गर्ने र ठेक्का अवधि सकिएपछि घाटगद्दिमा रहने पदार्थ स्वत सम्वन्धित स्थानीयतहको हुने व्यवस्था कार्यान्वयनमा ल्याउने व्यवस्था सम्वन्धित स्थानीयतहहरुले मिलाई स्टक परिमाणको नियमानुसार आवश्यक व्यवस्थापन र कर संकलन सम्वन्धी कार्य गर्नका कार्यविधि अनुसार अनुगमन समितिमा पठाउने व्यवस्था मिलाउन निर्देशन गरिएको उहा“ले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनी, मनहरी गाउ“पालिकाका अध्यक्ष एक राज उप्रेती, राक्सिराङ् गाउ“पालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*