बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा चौलागाई नियुक्त

हेटौंडा / बागमती प्रदेशको प्रदेश युवा परिषदुको उपाध्यक्षमा मकवानपुरका युवानेता सन्तोष चौलागाई नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।
युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । नियुक्त हुनुभएका चौलागाईलाई आज मन्त्रालयमा एक कार्यक्रमका बीच सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा बिकासका लागि महिला युवाहरुको सक्रियता बढाउनेगरि काम गर्न सुझाव दिनुभएको छ ।
बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको थियो । प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त हुनुभएका चौलागाईंले २०७३ मा जिल्ला युवा समिती मकवानपुरको अध्यक्षको एउपमा एक कार्यकाल सम्हालिसक्नुभएको छ ।