मैदानमा ढलेका एरिक्सनको अस्पतालमा होस खुल्यो

जनपत्र
३० जेष्ठ २०७८, आईतवार ०६:१५

युरोकप फुटबलका क्रममा घाइते भएका डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनको होस खुलेको छ । डेनमार्क र फिनल्यान्डबीचको खेलका क्रममा एरिक्सन घाइते भएका थिए ।

मैदानमा लडेका उनी बेहोस भएका थिए । बेहोस भएका उनको होस नखुलेपछि विश्वभरका फुटबलप्रेमी स्तब्ध भएका थिए । तर मैदानमै सीपीआर प्रविधिबाट उपचार थालिएका उनको अस्पताल पुर्याएर थप उपचार गरेपछि होस खुलेको डेनमार्क फुटबल एशोसिएसनले जनाएको छ ।

उनको विश्वभरका सबै खेलप्रेमीले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनको अवस्था स्थिर रहेको जनाइएको छ । तर होस खुलेपछि उनी मैदान फर्किने आश बढेको छ । उनको होस खुलेपछि स्थगित गरिएको डेनमार्क र फिनल्यान्डबीचको खेल फेरि सुचार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*