दुइवडा जोड्ने सडक पिच सुरु
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ जोड्ने कमानेको सडक पिच गर्ने काम सुरु गरिएको छ । दुई दशमलब ५ मिलोमिटर सडक पिच गर्ने काम सुरु गरिएको हो । बषौदेखि भत्कीएर समस्या भोग्दे आएका स्थानीय वासिन्दाहरुको समस्यालाई समाधान गर्नका लागि सडक पिच गर्ने काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
सडक बोर्डको एक करोड रुपैयाँ लागतमा सडक पिच गर्ने कामको सुरुवात गरिएको हो । ठेक्का मार्फत निर्माण सुरु गरिएको कामको सुरुवात मेयर महतले गर्नुभयो । यो सडक बनीसकेपछी हेटौंडाका बिभीन्न वडाका वासिन्दाहरुलाई ओहोर दोहोर गर्नका लागि सजिलो हुने छ । कार्यक्रममा हेटौंडा ७ का वडाअध्यक्ष राजन थापा, हेटौंडा ८ का वडाअध्यक्ष गोपाल श्रेष्ट लगायतकाको उपस्थिती रहेको थियो ।