कम्युनिस्ट सरकारबाट समृद्धि आउँदैनः पाण्डे

जनपत्र
१४ बैशाख २०७६, शनिबार १७:४७

हेटौंडा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले यो दुईतिहाईको दम्भमा उन्मत्त कम्युनिष्ट सरकारबाट समृद्धि नआउने बताउनुभएको छ । काँग्रेस २ नम्बर क्षेत्रीय समितिको भेलालाई शनिबार भीमफेदीमा सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले सरकार दिनप्रतिदिन दुईतिहाईको बल र दम्भमा अगाडि बढिरहेकोले यसले देश र स्वयम् नेकपालाईसमेत असफलतातिर लगिरहेको बताउँदै कांग्रेसले गरेका महत्वपूर्ण विकासनिर्माण देशप्रति कांग्रेसले गरेको योगदान र निर्णयहरु जनतामा पुर्‍याउन आग्रह गर्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिस्ट सरकारले गरेका गलत क्रियाकलापका बारेमा कांग्रेस अब गाउँजागरण अभियान लेर गाउँ/गाउँ जाने बताउनुभयो । बिशिस्ट अतिथि डिनाले कम्युनिष्टहरू जहिल्यै अाफू मात्रै अघि बढेर गरिव जनतालाई झन् गरिव बनाउन लागिपरेकोले यो सरकार धेरै समय टिक्न नसक्ने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस अब देशब्यापीरुपमा कम्युनिष्ट नेतृत्वको अराजक, भ्रष्टहरुको भण्डाफोर गर्न यही बैशाख २५ गतेबाट गाउँ जागरण अभियान लिएर गाउँ/गाउँ जाने बताउनुभयो ।

नेता बानियाँले दुई कम्युनिष्ट मिलेर अहिले केही ठूलो देखिएपनि कांग्रेसप्रति जनताको अाशा सबैभन्दा धेरै रहेको बताउँदै अब गाउँ/गाउँ गएर जनतालाई कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप उजागर गर्न अाग्रह गर्नुभयो ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभामा प्रतिपक्ष दलको नेता सुरेन्द्र पाण्डेको प्रमुख अातिथ्यतामा २ नम्बर क्षेत्रीय भेला भएको हो !

कार्यक्रममा राप्रपा र नेकपा परित्याग गरि ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियोे । कार्यक्रममा अतिथिहरु निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, जिल्ला सल्लाहकारद्वय उमा दाहाल र जयराम लामिछाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य सूर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपाली, कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति अानन्दराम पराजुली, थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजक एवं जिल्ला सदस्य जमानसिं वाईबा, सचिव सूर्य लामा, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेलेमन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा जिल्लाका नेता, कार्यकर्ता तथा क्षेत्रीय कार्यसमिति, पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*