प्रदेश–३ को कार्यबाहक मुख्यमन्त्रीमा जमरकट्टेल

अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रतिनिधित्व गर्दै, प्रदेश सरकारलाई अधिकार बिहीन बनाएकोमा गुनासो गर्ने ।
जनपत्र
११ बैशाख २०७६, बुधबार ११:४३

हेटौंडा / प्रदेश नम्बर–३ को कार्यबाह मुख्यमन्त्रीका रुपमा नौ दिन सम्म अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनुभएका शालिकराम जमरकट्टेलले चलाउनुहुने छ । मुख्यमन्त्री डोरमणि पौडेलले कार्यबाहक मुख्यमन्त्रीका रुपमा जमरकट्टेललाई पत्र पत्र समेत दिनुभएको छ ।

मुख्यमन्त्री पौडेल आजबाट १९ गते सम्म राष्ट्रपति बिद्यादेबि भण्डारी सहितको चिन भ्रमणमा जान लाग्नु भएकाले प्रदेशको दोस्रो बरियताका रुपमा रहनु भएका मन्त्रीनै कार्यबाहक मुख्यमन्त्री हुनु भएको हो ।

नौ दिन सम्म चिन भ्रमणमा रहँदाको समयमा मुख्यमन्त्री पौडेलले गर्दै आउनुभएको सबै काम उहाँलेनै गर्ने हुनुभएको छ । यही बैशाख १३ गते सुक्रबार अन्तरप्रदेश समन्वय परिषद बैठकमा पनि प्रदेश ३ को तर्फबाट जमरकट्टेललेनै प्रतिनिधित्व गर्नुहुने छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने अन्तरप्रदेश परिषद बैठकमा कार्यबाहक मुख्यमन्त्री जमरकट्टेलले प्रदेश सरकारलाई परेका समस्याहरु जोडतोडका साथ उठाउनुहुने बुझिएको छ । बिशेगरी संघिय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको, प्रदेशका प्रहरी र प्रशाशन प्रदेशको सरकार मातहत नआएको बिषयमा कुरा उठाउने उहाँको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*