११ मिनेटमा दुईवटा परकम्प, बैशाख १२ लाई सम्झायो
हेटौंडा / हेटौंडामा एका बिहानै आज दुईपटक भुकम्पको महसुस भएको छ । भुकम्पको पराकम्पका कारण बिहानै सबैजना एकपटक झस्याङग समेत भएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पहिलो पराकम्प सबैले थाहा पाउने भएकाले सबै एक पटक भुकम्प गयो भनेर हल्लाखल्ला गरिरहेका थिए । परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ ।