स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्विकृति प्रदान

जनपत्र
९ बैशाख २०७६, सोमबार १५:२९

हेटौंडा /३ नम्बर प्रदेश सरकारले ५० वटा स्थानिय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्विकृती प्रदान गर्ने निर्णय गरेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आवश्यकता अनुसार प्रचलित कानुन बमोजिम खरिद गर्ने गरी स्विकृत गर्ने निर्णय गरेको हो । स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले शसर्त अनुदानको व्यबस्था गर्ने सरकारका प्रवक्ता  कैलाश ढुंगेलले जानकारी दिनुभएको छ ।

सरकारले ३७ वटा स्थानिय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शवबाहन माग भएकोले सोहि अनुसार खरिद गर्न शसर्त अख्तियारी प्रदान गरेको हो । यसैगरी हेटौंडा १५ मा अटो भिलेज निर्माणका लागि लागि हेटौंडा उपमहानगरपालिकालाई ३० बर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा यमुना कँडेल खनाललाई नियुक्त गरेको गरेको छ । नव नियुक्त सदस्य डा कँडेललाई मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण समेत गराउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*