विपद् चुड्की बजाएर आउँदैन, तयारी हालतमा रहनुस्ः मुख्यमन्त्री
हेटौंडा /विपद् जोखिम न्यूनीकरणमा प्रदेश–३ को सरकार लागिपरेको छ । कुनैखाले विपद् आउँदा पूर्वतयारीको उद्धेश्यले प्रदेश सरकारले अग्रिम तयारी गर्न लागेको हो । नेपाल सरकार गृह मन्त्रालयको आयोजना तथा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धि प्रदेशस्तरीय अन्तत्र्रिmया गर्दै विपद् पूर्वतयारीमा जुटेको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विपद् चुड्की बजाएर आउँदैन भन्ने पाकाको उखान आत्मसात् गरेर काम गर्नुपर्ने बताउनुभयो । मुलुकका तीन वटै तहका सरकारले विपद्को समयमा राहत र सहयोगको काम गर्नुपर्ने उहाँले बताउनुभयो । विपत्ति पर्दा तमासे बन्नेहरु धेरै हुने बताउँदै उहाँले भन्नुभयो–हावाहुरीका कारण बारामा धेरै ठूलो क्षति भयो । तर, त्यहाँ काम गर्ने भनेका सुरक्षा निकायमात्र भए, तमासेहरु धेरै थिए । त्यसैले अब सबै निकाय एकैपटक विपद्मा निस्कने गरी योजना तयार पार्नुपर्छ ।
वर्षा सुरु हुन लागिसकेकोले यसबारे काम गर्नतर्फ सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । विपद्का सन्दर्भमा स्थानीय तहलाई सबभन्दा बढी जिम्मेवार बनाइनुपर्ने भन्दै उहाँले सबै क्षेत्रबीचको अन्तक्र्रिया परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशका आन्तरिक माामिला तथा कानुन मन्त्री शालिकराम जम्कटट्ेलले विपद् जुनसुकै समयमा आउने हुनाले यसको पूर्वतयारीमा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । विपद्का लागि चाहिने स्रोतसाधन पहिले नै तयारी अवस्थामा राख्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रदेश प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति उपरथि सुवर्णलाल शाह, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, रेडक्रस प्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रममा गृह, आन्तरिक मामिला र सामान्य प्रशासन मन्त्रालयलगायतले विपद्का विषयमा प्रस्तुतिकरण गरेका थिए ।