हेटौंडा गोल्डकपः एपीएफ बागमतीसंग पराजित

जनपत्र
१ चैत्र २०७७, आईतवार १९:५६

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा आजको खेलमा नेपाल एपीएफ सर्लाहीको बागमती युवा क्लबसंग पराजित भएको छ ।

आईतबार हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको खेलमा २–१ गोलले एपिएफलाई हराउँदै बागमती प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ भने हारसँगै नेपाल एपीएफ क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

बागमतीको जितका लागी बिक्रम धिमाल र सागर शाहीले एक एक गोल गरे भने एपीएफको तर्फबाट रवि थिङले पेनाल्टिको सदुपयोग गर्दै एक गोल फर्काए । बागमतीको डिबक्समा हयान्ड भएपछि एपीएफले पेनाल्टि पाएको थियो ।

यो जित संगै अब बागमतीले सेमिफाईनल प्रवेशको लागि चैत ३ गते अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुनसंग भिड्नेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*