बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

जनपत्र
२७ फाल्गुन २०७७, बिहीबार ०६:५८

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो ।

बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३०औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गरेको गोलबाट अग्रता लियो । ३७औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । त्यसपछि खेलमा कुनै पनि गोल भएनन् । तर अवे मैदानमा पिएसजीले गरेको ४-१ को जित दोस्रो लेगका लागि पर्याप्त भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*