मड्रिड डर्बी बराबरीमा रोकियो

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार ०७:१४

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो । १५ औँ मिनेटमा लुइस स्वारेजको गोलबाट एथ्लेटिको मड्रिडका लागि गोल गरे । ८८ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर रियल मड्रिडलाई हारबाट जोगाए ।

बराबरीपछि शीर्ष स्थानको २५ खेलबाट ५९ अंक भएको छ । तेस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५४ अंक भएको छ । अरु खेलमा एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–१, रियल सोसिडाडले लेभान्टेलाई १–० तथा सेल्टा डी भिगोले हुएस्कालाई ४–३ ले पराजित गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*