नगर कप भलिबलको उपाधि महिलातर्फ हेटौंडा– १९ र पुरुषतर्फ हेटौंडा– १७ बिजयी

जनपत्र
२२ फाल्गुन २०७७, शनिबार २०:०४

हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले आयोजना गरेको नगर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ वडा नम्बर १९ र पुरुषतर्फ वडा नम्बर १७ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा महिलातर्फ वडा नम्बर १९ ले वडा नम्बर १७ लाई पराजित गर्दै उपाधि कब्जा गरेको हो भने पुरुषतर्फ वडा नम्बर १७ ले वडा नम्बर ११ लाई पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

महिलातर्फ वडा नम्बर १९ ले वडा नम्बर १७ लाई २५–२१, २५–८ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । यस्तै पुरुषतर्फ वडा नम्बर १७ ले वडा नम्बर ११ लाई २५–१५, २५–२३ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले नगद ५० हजार रुपैया“सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले नगद ३० हजार रुपैया“सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट खेलाडी वडा नम्बर १९ की सपना बस्नेत, उत्कृष्ट स्पाइकर वडा नम्बर १७ की सन्तोषी सुवेदी, उत्कृष्ट लिफ्टर वडा नम्बर १९ की झरना मुक्तान, उत्कृष्ट डिफेन्स वडा नमबर १७ की सन्ध्या खड्का, उत्कृष्ट प्रशिक्षक वडा नम्बर १९ का राजु घले तथा उदीयमान खेलाडी वडा नम्बर २ की सरिता तितुङ घोषित भए ।

यस्तै पुरुषतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १७ का सुमन नेपाल, उत्कृष्ट स्पाइकर वडा नम्बर ११ का राजेश घिमिरे, उत्कृष्ट लिफ्टर वडा नम्बर १७ का दामोदर सुवेदी, उत्कृष्ट ब्लकर वडा नम्बर १७ का विवेक माझी, उत्कृष्ट डिफेन्स वडा नम्बर ११ का ऋतिक बर्तौला, उत्कृष्ट प्रशिक्षक वडा नम्बर १७ का त्रिविक्रम रुपाखेती र उदीयमान खेलाडी वडा नम्बर १९ का सुभाष सुवेदी घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही एक हजार रुपैया“ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सेमीफाइनलसम्म पुग्ने टिमलाई सान्त्वना स्वरुप नगद पा“च हजार रुपैया“ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको थियो । पुरस्कार वितरण समारोहमा प्रतिषठानकी संरक्षक स्वर्गीय केशवलाल श्रेष्ठकी श्रीमति मञ्जु श्रेष्ठ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका सदस्य सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।

समापन समारोहमा प्रतियोगिता आयोजनामा सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नुहु“दै प्रतिष्ठानका प्रथम उपाध्यक्ष राजन दाहाल खुशराजले प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताबाट महिला भलिबल खेलाडीको स्तरवृद्धि भएको दावी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*