हेटौंडाका दुइ वडामा खेल मैदान निर्माण गरिदै, खेलाडी उत्पादन गर्ने लक्ष्य
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको साविकका वडा भन्दा पनि पछी थपीएका वडाहरुमा खेल मैदान निर्माण गर्नका लागि स्थानीय सरकारले चासो दिएको छ । हेटौंडाका विकट वडाहरुबाट समेत राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्षका साथ फुटबल खेल मैदान निर्माण गर्नका लागि चासो दिइएको हो ।
वषौ देखि सामान्य चौरमा समेत कडिनाइका साथ खेल्दै आएका युवाहरुलाई प्रोत्साहित गर्ने उदेस्यले हेटौंडामा पछी थपीएका वडाहरुमा पनि फुटबल खेल मैदान निर्माण गर्नका लागि सहयोग गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो । अहिले खेल मैदान निर्माण गरेर खेल्न थालेपछी केही वर्षमानै खेलाडी उत्पादन हुने भएकाले यसका लागि स्थानीय सरकारले लगानी गर्न लागेको मेयर महतले वताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को बिकट मानिने कुवापानी क्षेत्रमा खेलकुद मैदान निर्माण गर्नका लागि सहयोग गरिने भएको छ । बिकट गाउँका युवाहरु पनि भोलीका राष्ट्रका खेलाडी बन्न सक्ने भएकाले खेलाडी उत्पादनका लागि पनि कुवापानीमा खेलमैदान निर्माणका लागि सहयोग गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।
कुवापानीको डाँडामा पनि खेल खेल्न सक्नेगरी मैदान निर्माण गर्नका लागि मेयर महतले अवलोक गर्नु भएको थियो । अहिले निर्माण गरिएको खेल मैलानबाट केही वर्षमा खेलाडी उत्पादन भएर जिल्लाकै उत्कृष्ट खेलाडी समेत वन्न सक्ने वताउनुभयो ।
यसैगरी हेटौंडा १७ राजदेबि भित्तामा खेलकुद मैदान निर्माण गर्नका लागि उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । राजदेवि भित्तामा फुटबल खेल्ने मैदान निर्माणका लागि सहयोग गरिने मेयर महतले वताउनुभयो । त्यस क्षेत्रको अवलोकन गर्दै युवाहरुलाई खेल्नका लागि मैदान आवस्यक रहेकोले सहयोग गरिने उहाँले वताउनुभयो ।






