मृगलाई भुस्याहा कुकुरबाट जोखिम

जनपत्र
२ बैशाख २०७६, सोमबार ०७:५८

हेटौंडा उपमहानगरपालिका–१० स्थित वनविज्ञान अध्ययन संस्थानको जंगलमा रहेका चित्तल र मृगहरूको संरक्षण गर्न सरोकारवाला निकायहरूले भुस्याहा कुकुरहरूको व्यवस्थापन गर्न लागेका छन् ।हेटौंडा बजारको मध्यभागको जंगलमा लामो समयदेखि वासस्थान बनाउँदै आएका चित्तल र मृगहरूलाई भुस्याहा कुकुरले मार्न थालेपछि डिभिजन वन कार्यालय, वनविज्ञान अध्ययन संस्थान, उपमहानगरपालिकालगायतका निकायहरूले भुस्याहा कुकुरहरूको व्यवस्थापन गर्न लागेको हो ।

भुस्याहा कुकुरको आक्रमणवाट यो वर्षको ९ महिनामा २ वटा रतुवा मृगसहित २२ वटा चित्तल मरिसकेका छन् । हेटौंडा उपमहानगरपालिका र भेटनरी कार्यालयबीच समन्वय गरेर भुस्याहा कुकुरहरूको व्यवस्थापन गर्नतत्काल योजना बनाएर कार्यान्वयनमा ल्याइने तयारी छ ।राजमार्ग फराकिलो पार्न वनविज्ञान अध्ययन संस्थानमा लगाएको पर्खाल भत्काएकाले यो समस्या देखिएको हो । मृग र चितुवाहरू आहारा र पानीको खोजीमा बाहिर निस्कँदा भुस्याहा कुकुरहरूले आक्रमण गरेर मार्ने गरेकाले सम्बन्धित निकायले उक्त क्षेत्रका तारबार लगाउने सहमति भएको छ ।सम्बद्ध कार्यालयहरूका प्रतिनिधि सम्बद्ध बैठकले वन विज्ञान अध्ययन संस्थानको जंगलभित्र नै मृग र चित्तलका लागि आहारा र पानीको व्यवस्था गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राधिका शर्माले बताइन् । आहाराको खोजीमा संस्थानभित्र रहेका मृग र चित्तल बाहिर निस्कँदा सवारी साधनले ठक्कर दिएर मार्ने पनि गरेको छ ।

उक्त क्षेत्रमा चालकहरूलाई सवारी साधन होसियारीपूर्वक चलाउन प्रहरीमार्फत चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । विशेषगरी भुस्याहा कुकुरको आक्रमणबाट संस्थानको जंगलभित्र भएका मृग र चितल मासिने क्रममा छन् । हेटौंडा उपमहानगरपालिका—१० स्थित वनविज्ञान अध्ययन संस्थानको जंगलमा चितल र मृगहरू अत्यन्त थोरै मात्र छन् ।हेटौंडा उपमहानगरपालिका—११ थानभर्‍याङस्थित आइतबार बिहान मृतावस्थामा एक चित्तल फेला परेको थियो । वनविज्ञान अध्ययन संस्थानको जंगलबाट बाहिर निस्केको उक्त चितललाई चारवटा कुकुरले लखेटेर मारेको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले बताए ।

‘अध्ययन संस्थानको जंगलबाट यताउता चर्न निस्केको अवस्थामा स्थानीय भुस्याहा कुकुरहरूले लखेटेर चितल मारेको हो,’ उनले ।कुकुरले लखेटेर साउन महिनादेखि चैतको २९ गतेसम्म २० चितल र २ वटा रतुवा मृग मारिसकेको छ । मारिएका चितलमध्ये ७ वटा भाले र १३ वटा पोथी छन् । डिभिजन वन कार्यालयका अनुसार साउनमा ३ वटा, भदौमा ७, मंसिरमा २ र पुसमा २ वटा, माघमा ४, फागुनमा ३ र चैतमा १ गरी २२ वटा चितल र मृग कुकुरले लखेटेर मारिसकेको छ । ‘५ वटा घाइते अवस्थामा फेला परेका थिए भने १७ वटा मृतावस्थामा फेला परेका थिए,’ सहायक वन अधिकृत लामिछानेले भने, घाइतेहरू पनि उपचार गर्ने क्रममा नै मरे ।’१ सय ५८ बिघामा फैलिएको वन विज्ञान अध्ययन संस्थानमा विगतमा सयभन्दा बढी चित्तल र २० भन्दा बढी मृगको बासस्थान रहेको थियो । ‘अहिले १२,१४ वटाको एउटा झुन्डबाहेक चित्तल छैनन्, ४,५ वटा मात्र मृग छन्,’ संस्थानका क्याम्पस प्रमुख कृष्णप्रसाद दाहालले भने, ‘संस्थानका कम्पाउन्डहरू भत्काइएकाले चित्तलहरू मासिंदै गएका हुन् ।’
आजको कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*