बिप्लब समुहका मकवानपुर ईन्चार्ज ज्वाला पक्राउ, कुन मुद्धा लगाउने भन्नेमा प्रहरीनै अन्यौलमा

जनपत्र
२९ चैत्र २०७५, शुक्रबार ०८:३०

हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गए राती नेकपा माओवादी विप्लब समुहका मकवानपुर इन्चार्ज वीरवहादुर घलान (ज्वाला)सहित २ जनालाई पक्राउ गरेको छ । नेकपा पार्टीमा लामो समयदेखि लाग्नुभएका ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । हेटौडा उपमहानगरपालिका—८ फायरलाईनवाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको एसपी सिंहले बताउनुभयो । बिना आधार पक्राउ गरिएका ज्वालालाई के मुद्धा लगाउने भन्नेमा प्रहरी अन्यौलमा परेको छ । आजै सरकारी वकिल संगको सल्लाहबाट मात्र कुन मुद्धा लगाउने भन्ने टुङगो लगाईने उहाँले बताउनुभयो । यस अघि मकवानपुर प्रहरीले विप्लब समुहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*