मन्त्रालयको कामै गर्न नदिएपछी ताला लगाइएको हो–मन्त्री दुलाल

हेटौंडा / आफ्नो मन्त्रालयका सचिबले कुनैपनि काम नगरेपछी प्रदेश – ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आफूले सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालाबन्दी गरिदिनुभएको छ । यसअघि लिखीत स्पष्टिकरण सोधेपनि काम कार्बाही अगाढी नबढाएपछी सचिबको कार्यकक्षमा तालाबन्दी गरिदिएको सामाजिक बिकाश मन्त्री दुलालले बताउनुभयो ।
मन्त्रालयमा हाजिर भएदेखि कुनै फाइल निर्णय नगर्ने, मन्त्रालयका आफ्नो मातहतका कर्मचारीलाइ हप्की दप्की गरी अमर्या्दित ब्यबहार प्रदर्शन गर्ने र कर्मचारी सबै निरुत्साहित भइ काममा आउने वातावरण नभएकाले सबै कर्मचारी र मन्त्रालयको हितका लागि सचिबको कार्यकक्षमा तालाबन्दी गरिएको मन्त्री दुलालले बताउनुभयो ।
सचिब पौडेल आएपछी उहाँको कारणले कुनैपनि काम अगाढी नबढेको कर्मचारीहरुले पनि गुनासो गरेका छन् । सचिबले काम सम्पादन नगरेकोले, ब्याकडेटमा कुनै फाइल सदर गर्न नपाउन भन्ने उदेश्यले सचिवको कार्यकक्षमा ताला लगाइएको मन्त्री दुलालले बताउनुभयो । सचिब पौडेल भने हेटौंडाबाट काठमाण्डौ गएका छन् ।
सचिवले फाइलहरु सबै पेन्डीङमा राखेर आफूभन्दा अग्लो बनाएर काम नगरेको हुनाले तालाबन्दी गर्नुपरेको मन्त्रीको गुनासो छ ।