झोला पाएपछी अपाङ्गता भएका बालबालिका खुसी

हेटौंडा / हेटौंडाका अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शैक्षिक सामाग्री बितरण गरिएको हो । मकवानपुरका बिभीन्न बिद्यालयमा अध्ययनरत अपाङ्गता भएका बिद्यार्थीहरुले झोला पाएपछी निकै खुसी भएका छन् ।
पहिले किताब, कापी, कलम राखेर बिद्यालय आउनका लागि समेत झोलाको अभाब झेल्दै आएका बिद्यार्थीहरु आज निकै खुसी भएका छन् । सक्ने र पहुँच भएकाहरुलाई भन्दा पनि अपाङ्गता भएका बिद्यार्थीहरुका लागि शैशिक सामाग्रि बितरण गर्न पाएकोमा खुसी भएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । यसअघि उपमहानगरपालिकाले आँखा नदेख्नेहरुका लागि छडि समेत बितरण गरेको मेयर महतले बताउनुभयो । आज २५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप झोला बितरण गरिएको हो ।