काेराेना खाेप : मोडेर्नाले अमेरिका र युरोपमा प्रयोगका लागि अनुमति माग्ने

जनपत्र
१६ मंसिर २०७७, मंगलवार ०७:१८

कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि मङ्गलबार अनुमति माग्ने बताएको छ । मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण ९४।१ प्रतिशत प्रभावकारी पाइएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग गरेको हो ।

मोडेर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन ९एफडीए० सँग सङ्कटकालीन प्रयोगका लागि स्वीकृती ‘ईयूए’ को माग गर्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति पनि माग्ने बताइएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहान सहरको अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको कोभिड–१९ का कारण एक वर्षको अन्तरालमा विश्वका सबैजसो देशमा महामारीको रूप लिइसकेको छ । यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रुसलगायतका यूरोपेली देशहरू कोभिड–१९का कारण बढी प्रभावित छन् ।

दक्षिण एसियामा भारत, पाकिस्तान, बङ्गलादेश बढी प्रभावित देशहरू हुन् भने कोभिड–१९ को सङ्क्रमण अस्ट्रेलिया, अफ्रिकालगायतका विश्वका सबै क्षेत्रमा फैलिएको छ । अमेरिका सबैभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित र सङ्क्रमणका कारण ज्यान गुमाउनेको देश हो । अमेरिकामा कोभिड–१९ बाट एक करोड ३७ लाख ५१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई लाख ७३ हजारभन्दा बढी सङ्क्रमितको ज्यान गएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण रहेका देशहरूमा भारत, ब्राजिल, रुस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*