हुरी पीडितलाई भेट्न मन्त्री ढुंगेल अस्पतालमा
हेटौंडा / प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आज हावा हुरीका कारण घाईते भएकाहरुलाई भेट्न अस्पतालमा पुग्नुभएको छ । छिमेकी प्रदेशमा आपत्ति पर्दा सहयोग गर्नुपर्छ भन्ने उदेस्यले मन्त्री ढुंगेल आज हुरीका कारण घाईते भएकाहरुलाई भेट्नका लागि बिरगन्जको नेष्नल मेडिकल कलेज र नारायणी मेडिकल कलेजमा पुग्नुभएको थियो ।
हुरीका कारण घाईते भएकाहरु संगको भेटमा मन्त्री ढुंगेलले प्रदेश ३ को सरकारले पिडीत परिवारका लागि भनेर एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको जानकारी समेत गराउनुभयो । हुरीका कारण घाईते भएकाहरुले आफुहरुलाइृ घरबास नभएको, पिडीत परिवार समस्यामा बस्न बाध्य भएको गुनासो समेत गरेका छन् । मन्त्री ढुंगेल संगै नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, पुर्ब सांसद अनन्त पौडेल लगायतकाको टोलि आज अस्पतालमा पुगेको हो ।