शीर्ष परमाणु वैज्ञानिकको हत्यामा रिमोट नियन्त्रित हतियार प्रयोग भएको इरानको दाबी

जनपत्र
१६ मंसिर २०७७, मंगलवार ०७:०३

इरानले इजराइल र निर्वासित विपक्षी समूहले उसको शीर्ष परमाणु वैज्ञानिकको हत्यामा रिमोट नियन्त्रित हतियार प्रयोग गरेको दाबी गरेको छ । तेहरानमा वैज्ञानिक मोहसिन फखरीजादेहको अन्त्येष्टिको बेला इरानका सुरक्षा प्रमुख अली शामखानले आक्रमणकारीले विद्युतीय उपकरणको प्रयोग गरेको र घटनास्थलमा उनीहरु उपस्थित नरहेको दाबी गरेका हुन् । तर यसबारेमा उनले थप जानकारी भने दिएका छैनन् ।

यसअघि इरानी रक्षा मन्त्रालयले केही बन्दुकधारीले फखरीजादेहको कारमा गोली हानेर आक्रमण गर्दा उनको मृत्यु भएको जनाएको थियो । इजराइलले इरानको यो आरोपमाथि अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । २००० को दशकको सुरुवातमा फखरीजादेहले इरानको परमाणु कार्यक्रममा विशेष भूमिका खेलेका थिए । पछिल्लो समय इजराइलले फखरीजादेहले इरानको गोप्य परमाणु हतियार विकासमा लागि परेको जनाएको थियो । इरानले उसको परमाणु कार्यक्रम हतियार विकसित गर्नको लागि नभएको बताउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*