वरिष्ठ परमाणु वैज्ञानिक मारिएपछि इरानले भन्यो– बदला लिनेछौँ

जनपत्र
१३ मंसिर २०७७, शनिबार ०६:४२

इरानको रक्षा मन्त्रालयले आफ्नो देशमा एक शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको पुष्टि गरेको छ ।उनीमाथि इरानको राजधानी तेहरानसँग जोडिएको सहर अबसार्डमा आक्रमण गरिएको थियो । उनलाई त्यहाँबाट स्थानीय अस्पतालमा लगिएको थियो तर अस्पतालमा उनलाई बचाउन सकिएन ।

इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गरेका छन् । अनि यसलाई राज्य प्रायोजित आतंककारी आक्रमण भनेका छन् । पश्चिमा देशका जासूसी संस्थाहरुले यसअघि इरानमा परमाणु हतियार कार्यक्रमका पछाडि मोहसिनको संलग्नता रहेको बताउँदै आएका थिए । उनलाई इरानी परमाणु बमका पिता पनि भनिने गरिएको थियो । सन् २०१० देखि सन् २०१२ मा यसअघि इरानमा चार परमाणु वैज्ञानिकको हत्या गरिएको थियो । इरानले यसमा इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ ।

शुक्रबार यो घटनापछि इरानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । इरानका विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै आफ्नो वैज्ञानिकको हत्याको बदला लिने बताएका छन् । यसपटक पनि यो हत्या इजरायलले गरेको हुनसक्ने इरानमा आशंका गरिएको छ । तर, इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*