भारतमा अस्पतालको आकस्मिक कक्षमा आगलागी हुँदा ५ जना कोरोना संक्रमितको मत्यु, ६ जना घाइते
भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २ सय ३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा शुक्रबार आगलागी भएको हो।
जलेर पाँच जना कोरोनाका बिरामीको मृत्यु भएको छ भने ६ जना भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीले जनाएका छन्। घटनापछि अस्पतालमा उपचाररत २२ बिरामीलाई अन्य अस्पतालमा सारिएको छ। विद्युत चुहावटका कारण आगलागी भएको अनुमान गरिएको छ। तर प्रस्ट भइसकेको छैन। कारण पत्ता लगाउन अनुसन्धान समिति गठन गरिएको अधिकारीले जनाएका छन्।







