कोरोना संक्रमितको संख्या विश्वमा ६ करोड नाघ्यो
विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या छ करोड छ लाख ९५ हजार ५८५ पुगेको छ। पछिल्लो २४ घण्टामा छ लाख १४० संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सका अनुसार २४ घण्टामा ११ हजार ९१६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। अहिलेसम्म १४ लाख २५ हजार ७७९ जनाको मृत्यु भएको छ।
विश्वमा चार करोड १९ लाख ३८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन्। अहिले एक करोड ७३ लाख ३१ हजार ३१० सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख तीन हजार ५३८ गम्भीर बिरामी छन्।







