चिनियाँ राष्ट्रपति जीङपीङले बाइडेनलाई पठाए बधाई सन्देश

जनपत्र
११ मंसिर २०७७, बिहीबार ०७:१२

चिनियाँ राष्ट्रपति सि जीङपीङले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनलाई बधाई सन्देश पठाएका छन् । बाइडेन सम्भावित रुपमा निर्वाचित भएको दुई सातापछि राष्ट्रपति सिले बुधबार बधाई संदेश पठाएको चिनिया मिडियाहरुले उल्लेख गरेका छन् ।

यस अघि राष्ट्रपति सिसहित रुसी राष्ट्रपति भ्लादमिर पुटिनले समेत बाइडेनलाई बधाई नदिएको विषय चासोको विषय बनेको थियो । चिनियाँ विदेश मन्त्रालयएल भने यस अघि नै बाइडेनलाई बधाई दिएको थियो । राष्ट्रपति सीले बधाई सन्देशमा चीन(अमेरिकाको स्वस्थ र स्थिर सम्बन्ध विकासमा आफ्नो र दुवै देशका जनताको चाहना भएको उल्लेख गर्दै अन्तराष्ट्रिय स्तरमा दुवैका साझा अपेक्षालाई सम्बोधन हुने विश्वास व्यक्त गरेको सिन्हुवाले उल्लेख गरेको छ ।

राष्ट्रपति सीले दुई देशका विवादलाई द्वन्दरहित, विवादरहित र टकरावरहित किसिमले समाधान गर्ने र दुवै देशले एक अर्कालाई सम्माजनक किसिमले समाधान गर्न दुवै देशले पहल गर्ने विश्वास गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको परिणाम अस्विकार गरिरहेको अवस्थामा राष्ट्रपति सीले बधाई संदेश नदिएको विषय विश्वभर चासोको विषय बनेको थियो । रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई अझै वधाई दिएका छैनन् ।

त्यस्तै चिनियाँ उपराष्ट्रपति वांग क्विशनले पनि अमेरिकी उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिशलाई बधाई सन्देश पठाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*