तीन तहका सरकार तीन तीर फर्किए–मुख्यमन्त्री
हेटौंडा / प्रदेश नम्बर –३ का मुख्यमन्त्री डोरमणि पौडेलले समन्वयको अभाबमा मुलुकका तीन तहका सरकार तीन तिर फकिएको आरोप लगाउनु भएको छ । तीनै तहका सरकारका बिचमा सहकार्य र समन्वय बिना बिकाश सम्भब नभएको बताउनुभयो । समन्वय नभएमा समृद्ध मुलुक बन्नै नसक्ने उहाँको भनाई छ ।
नेपाल नगरपािलका संघ तथा गाउँपालिका राष्ट्रि महासंघ प्रदेश ३ को आयोजनामा संघ, प्रदेश र सथानिय सरकार समन्वय र सहकार्य बिषयक अन्तर संबाद कार्यक्रमको उध्घाटन् गर्दै उहाँले सहकार्य अति आबस्यक भएको बताउनुभयो । समन्वय र सहकार्यबाट मात्र तीन तहका सरकार मिलेर मात्र समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता बनाउन सकिने पौडेलले बताउनुभयो ।
अब बिकाशलाई उत्पादन र रोजगारी संग जोडिनुपर्ने बताउँदे उहाँले भन्नुभयो–बिकाश भनेको समृद्धी उन्मुख रोजगारी मुलक हुनुपर्छ ।’ सबैका आफ्आफ्नै समस्याहरु भएकाले समस्याका बिचमा रहेर राम्रो काम गरिनुपर्ने उहाँले बताउनुभयो । अहिले पनि कर्मचारी अभाबका कारण गाउँमा धेरे समस्या भएको बताउँदे उहाँले प्रदेश सरकारले सबै मापदण्ड पुरा गरेर कर्मचारी गाउँमा पठाउन डेढ बर्ष लाग्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
अब आफु सरकारमा बसेर अरुलाई गुनासो गर्ने नभईकन काम गरिनुपर्ने बताउनुभयो । स्थानयि सरकार कमजोर बनाउने भूमिकामा आफु नहुने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–स्थानिय सरकार बलियो बनाउनुपर्छ भनेर मेरो सिङगो जिन्दगी बिताय म बाट स्थानिय सरकारलाई कमजोर हैन बलियो बनाउँछु ।’ स्थानिय सरकार बलियो छ तत्काल निणय गर्न सकने तर प्रदेश सरकारको मुख्यमन्त्री भएपनि कुनै निणय गर्दा अप्ठेरो पर्ने बताउनुभयो ।