असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको मृत्यु

जनपत्र
९ मंसिर २०७७, मंगलवार ०६:२६

भारतको असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको मृत्यु भएको छ । काँग्रेसका नेता गोगईको सोमबार दिउँसो मृत्यु भएको हो । ८६ वर्षीय गोगाई गत महिना कोरोना संक्रमणपछि निको भएका थिए । तर पछि उनी विभिन्न रोगबाट ग्रसित थिए । असमका स्वास्थ्यमन्त्री हेमन्त विश्व शर्माले उनको निधनको पुष्टि गरेका छन् । शर्माका अनुसार गोगोईको सोमबार दिउँसो ५ बजेर ३४ मिनेट जाँदा मृत्यु भएको हो ।

गोगईको शव मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि शंकरदेव कला क्षेत्रमा राखिने जनाइएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ । गोगोई ३ पटकसम्म असमको मुख्यमन्त्री भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले एक लोकप्रिय र कुशल प्रशासनको गुण भएका नेताको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*