चिनियाँ राष्ट्रपति सीद्वारा विश्वव्यापी यात्रा प्रणालीमा क्युआर कोड प्रयोग गर्न प्रस्ताव

जनपत्र
९ मंसिर २०७७, मंगलवार ०६:१६

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘विश्वव्यापी संयन्त्रु लाई अन्तराष्ट्रिय यात्रा वा भ्रमण गर्दा क्युआर कोड प्रयोग गर्न प्रस्ताव गरेका छन् । उनेल भने, ुहामीले आफ्नो नियमहरु परिवर्तन गर्नुपर्छ र मानिसहरुलाई सहज हुने ‘फास्ट ट्रयाक” प्रणालीको विकस गर्नुपर्छ ।’ यस कोडले यात्रुको स्वास्थ्य अवस्थाको बारेमा थाहा पाउन सजिलो हुन्छ ।

तर मानव अधिकार आयोगहरुले यस क्युआर कोडको गलत प्रयोग हुनसक्ने र यसले मानिसहरु ‘गम्भीर राजनीतिक निगरानी तथा बहिष्कार’ हुनसक्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले जि २० सम्मेलनको क्रममा उक्त योजना सार्वजनिक गरेका हुन् । उनले भने, ‘यस कोडको माध्यमबाट न्युक्लिक एसिड टेस्ट रिजल्टको स्वास्थ्य प्रमाणपत्रको बारेमा थाहा हुन्छ । हामी थप राष्ट्रहरुले यस अभियानमा सहयोग गर्ने विषयमा साकारात्मक छौँ ।’

क्यु आर कोडहरु बार कोड हुन् जसलाई मोबाइलको सहायताले रिड गर्न सकिनेछ । उनले विश्वव्यापी अर्थतन्त्र ९ग्लोबल इकोनोमी० र विश्वव्यापी सप्लाई चेन तथा स्वास्थ्य सामग्रीको सप्लाई पुन सुचारु गर्न आह्वान गरेका छन् ।

यात्रा पुन खुला गर्न कतिपय राष्ट्रको लागी एक चुनौतीको रुपमा रहेको छ र कोरोना महामारीको कारण यातायातप्रतिबन्ध हटाउन सकेका छैनन् । मानव अधिकार संगठनका कार्यकारी निर्देशक केनेथ रोथले चिनियाँ राष्ट्रपतिको नयाँ प्रस्ताव प्रति सतर्क रहन भन्दै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘स्वास्थ्यमा निरीक्षण गर्नु भन्ने बाहनाले राजनीतिक निरीक्षण र बहिष्कारको लागि एउटा ट्रोजन हर्सको रुपमा हुनेछ ।’ फेब्रुअरी महिनामा यस प्रविधिले कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग भएपछि चीनमा क्युआर कोडको प्रयोग व्यापक रुपमा भएको छ । चिनियाँ नागरिकहरुलाई स्वास्थ्य अवस्थाको बारेमा थाहा पाउनको लागि आफैं जेनेरेटेड क्यु आर कोड दिइएको छ ।

हरियो रंगको कोड मतलब त्यस मानिसलाई खुलेर यात्रा गर्न अनुमति हुन्छ र सुन्तला वा रातो रंगको कोडको मतलब त्यस व्यक्ति दूई हप्ता सम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । चीनको हांगजोउ शहरले एपमा आधारित क्युआर कोड प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ जसको माध्यमबाट मानसिको स्वास्थ्यको इतिहास र हेल्थ चेक(अप तथा जीवनशैली र बानी व्यवहारको बारेमा थाहा हुन्छ । चीनभन्दा बाहिर भने क्युआर कोडको प्रयोग भिन्न तरिकाले हुँदै आएको छ ।

सिंगापुर र अष्ट्रेलियामा कन्ट्याक्ट ट्रेसिंगको लागि यस प्रविधिको प्रयोग गरिएको छ । क्युआर कोडको माध्यमबाट सपिंग मल, रेस्टुरेन्ट तथा कार्यालयमा उनीहरुको क्रियाकलाप र भेट गरेका मानिसको बारेमा जानकारी प्राप्त गर्न सजिलो हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*