किम जोङ उनका भतिजा बेपत्ता, किमप्रति नै शंका

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल अचानक बेपत्ता भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्।
हान एक्कासि बेपत्ता भएपछि अनेक आशंका गरिएको छ। किनकि उनका बुबा किम जोङ नामको सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो। त्यस आरोपमा एक भियतनामी र इन्डोनेसियाली महिला पक्राउ परेका थिए भने हत्यामा किम जोङ उनको नाम पनि जोडिएको थियो। तर उत्तर कोरिया सरकारले आरोपको खण्डन गरेको थियो।
अहिले फेरि उन ९नाम० कै छोरा बेपत्ता भएपछि शंका पैदा भएको हो। अहिले बेपत्ता सोल, उनका बहिनी र आमाले सन् २०१७ मै गोप्य ढंगले उत्तर कोरिया छाडेका थिए। सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी ९सीआईए० का एजेन्टसँग देखिएका थिए। त्यसयता उनी गायब भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।