भुटानमा चीनको एउटा सिंगै गाउँ !

जनपत्र
८ मंसिर २०७७, सोमबार ०६:२९

चिनियाँ एक पत्रकारले गरेको ट्वीटका कारण चीन र भुटानबीच नक्साको बारेमा तनाब सिर्जना हुने शंकेत देखिएको छ ।विवादित सीमा क्षेत्र डोक्लम नजिकै चिनियाँ एउटा गाउँ रहेको भन्दै स्याटेलाइटबाट खिचिएको गाउँको फोटो ती पत्रकारले सार्वजनिक गरेपछि अनेक आशंका उत्पन्न भएको छ । ट्वीटरमार्फत सार्वजनिक गरिएको उक्त फोटो लगत्तै डिलिट गरिए पनि यसबारे थप विवाद र विरोधाभाष उत्पन्न भएको छ ।

ती पत्रकारका अनुसार चिनियाँ भनिएको उक्त गाउँ भुटानको सिमानाभन्दा २ किलोमिटर भित्र रहेको छ । भुटानले भने आफ्नो भूभागमा चिनियाँ गाउँ रहेको दावीलाई अस्वीकार गरेको छ ।
‘भुटानी भूमिमा कुनै पनि चिनियाँ गाउँ छैन,’ भारतका लागि भुटानी दूत मेजर जनरल भी नाम्ग्यालले बताएका छन् ।

चिनियाँ सरकारी टिभी सीजीटीएन नेटवर्कका वरिष्ठ पत्रकार शेन शिवेइले यस्तो दावी गरेका हुन् । उनले ट्वीटरमा चिनियाँ गाउँ देखिने तीन वटा तस्बिर सार्वजनिक गरेका थिए । ‘अब हामीसँग स्थायी बसोबास भएको भर्खरै स्थापित भएको पांग्दा गाउँ छ, यो तिब्बतबाट ३५ किलोमिटर दक्षिणतर्फ उपत्याकाको छेउमा अवस्थित छ । यहाँ यसको लोकेसन देखाउन नक्सा छ,’ शेनले ट्वीट गरेका थिए ।

तर उनले पछि आफ्नो ट्वीट हटाइसकेका छन् । डोक्लम क्षेत्र त्यस्तो द्वन्द्वग्रस्त क्षेत्र हो, जहाँ २०१७ मा चीन र भारतबीच दोहोरो भिडन्त भएको थियो । स्याटेलाइट दृश्यका विज्ञ नाथान रुसरले भने त्यो गाउँ भुटानको सिमानाको २ किलोमिटर भित्र रहेको प्रतिक्रिया दिए । भुटानका वरिष्ठ पत्रकार तेन्जिङ लाम्साङले भने उक्त स्याटेलाइटको फोटो गुगलका आधारमा खिचिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*