१० पदाधिकारीलाई गाडी सुविधा
हेटौंडा — प्रदेश ३ सरकारले प्रदेशसभाका १० पदाधिकारीलाई सवारीसाधन सुविधा दिने गरी प्रस्ताव गरेको छ । प्रदेशसभाका सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेता, सत्ता पक्षको मुख्य सचेतक र समितिका सभापतिलाई सवारी साधनको सुविधा हुने गरी संशोधन प्रस्ताव गरेको हो ।
विपक्षी दलका प्रमुख सचेतक र सचेतकले सुविधा पाउने यसअघिको व्यवस्था भने संशोधनमार्फत हटाउन प्रस्ताव भएको हो ।
यसअघि प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेतालाई मात्रै गाडी सुविधा थियो ।
गाडी सुविधा नलिने मुख्य सचेतक, प्रमुख सचेतक,सचेतक र समितिका सभापतिले मासिक पारिश्रमिक बराबरको रकम पाउने व्यवस्था थियो । भदौ १ मा पारित विधेयकको आधारमा पदाधिकारीले सोहीअनुसारको सुविधा प्राप्तगर्दै आएका थिए ।
कान्तिपुरबाट साभार
कान्तिपुरबाट साभार