चीनको दाबी– कोरोनाभाइरसको सुपर भ्याक्सिन बन्यो, १० लाखमा देखिएन कुनै साइड इफेक्ट्स

जनपत्र
७ मंसिर २०७७, आईतवार ०६:४१

चीनले कोरोनाभाइरसको एक सुपर भ्याक्सिन बनाएको दाबी गरेको छ । यो भ्याक्सिन १० लाख मानिसलाई दिइएको र कसैमा पनि साइड इफेक्ट पनि नदेखिएको चिनियाँ दाबी छ । यो भ्याक्सिन लगाएपछि कसैलाई पनि कोरोनाभाइरस संक्रमण नभएको पनि बताइएको छ । त्यसैले यसलाई सुपर भ्याक्सिन भनिएको चिनियाँ मिडियामा समाचार प्रकाशित छ ।

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको यो भ्याक्सिनको अहिलेसम्म अन्तिम चरणको परीक्षण चाहिँ पूरा भएको छैन । तर, चिनियाँ सरकारले आपतकालीन स्थितिमा यसलाई प्रयोग गर्न अनुमति दिएको छ ।

यो कम्पनीका प्रमुखले विदेशमा रहेको आफ्नो कार्यालयमा कार्यरत ८१ कर्मचारीलाई यो भ्याक्सिन दिएको तर कसैलाई पनि कोरोनाभाइरस संक्रमण नभएको बताएका छन् । कम्पनीका चेयरमेन लियुले यो भ्याक्सिन यसअघि ५६ हजार चिनियाँ नागरिकले लगाएर चीनबाट बाहिर गएको तर कसैलाई पनि कोरोनाभाइरस संक्रमण नभएको बताएका छन् ।

यो भ्याक्सिनको अब तेस्रो चारणको परीक्षण १० देशका ६० हजार मानिसमा गरिने पनि बताइएको छ । यसमा युएई, बहराइन, इजिप्ट, जोर्डन, पेरु र अर्जेन्टिना पनि रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*