पिडीतको घाउमा मलम लगाउन मुख्य मन्त्री सहित दुई मन्त्री प्रभाबित क्षेत्रमा

हेटौंडा /छिमेकी प्रदेश–२ को बारामा हावाहुरीका कारण मानवीय क्षति हुनुका साथै करिब चार सय जना घाइते भएको खबर पाएपछि प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली घटनास्थलमा पुगेको छ । सोमबार विहान पौडेलको नेतृत्वमा टोली बारा पुगेको हो । प्रदेशको छिमेकी प्रदेशमा पीडा पर्दा मल्हम लगाउन मुख्यमन्त्री पौडेलसहित दुई मन्त्री बारा पुगेका हुन् । उक्त स्थानमा मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल पनि पुगेका छन् ।
पीडामा परेकाको उपचार र मृतक परिवारलाई सहयोग गर्न कसर बाँकी नराखिने मुख्यमन्त्री पौडेलले बताए । हावाहुरीका कारण सबभन्दा बढी क्षति सहेको बाराको फेटा गाउँपालिका–१, पुरनियामा मुख्यमन्त्री पौडेल पुगेका छन् । पुरैनियामा ९ जनाको मृत्यु भएको छ ।
घरहरुमा पनि व्यापक क्षति छ । मुख्यमन्त्रीले मृतकका परिवारलाई भेट्नुका साथै घाइतेसंग पनि भेट गरेका थिए ।
हुरीका कारण सबैभन्दा धेरै क्षेति भएको गाउँको दर्दनाक पिडा
बाराको फेटा गाउँपालिका(१ को भर्वलिया र वडा नम्बर ६ को पुरैनियामा आँधिबेहरीको धेरै क्षेति छ । भर्वलियामा भौतिक क्षति बढी छ । स्थानीयबासीले ३ हजार घरहरुमध्ये ८० प्रतिशतमा क्षति पुगेको बताएका छन् । पुरैनियामा ९ जनाको मृत्यु भएको छ । घरमा पनि व्यापक क्षति छ । हयाण्ड पम्पसमेत उखेलिएको छ । दृश्य हेर्दा भूकम्पले पुर्याएको क्षति जस्तै देखिन्छ ।जस्ता, फुस र खबटाले छाएका छाना सबै उडेका छन् । बाँसको टाटीमा गोबर र माटोले लिपेको घर पनि भत्किएका छन् ।
सिमेन्ट लगाएका इँटाको गाह्रो भएका घर पनि बाँकी छैनन् । पिल्लर सिस्टमका केही घरहरु मात्रै सग्लो देखिन्छन् ।स्थानीय जादुलाल दास ९४५० ले भने, ‘साँझ गाई दुहुँदै थिएँ, एक्कासी तीन(चारवटा हेलिकोप्टर एकैपटक उडेजस्तो आवाज निकालेर हावा आयो । हेर्दाहेर्दै एकैछिनमा सबै उडाएर लग्यो ।’खानेकुरा, अन्नपात माटोमा मिसिएको छ । उनीहरुलाई तत्काल पानी र खानेकुरा आवश्यक देखिन्छ । आफन्त गुमाएपछि र घर भत्किएपछि स्थानीयबासीको रुवाबासी छ । रातभर खुल्ला आकाशमा बिताएका उनीहरु के खाउँ र कहाँ जाऔं भन्ने स्थितिमा छन् ।
जताततै त्राहीमाम छ । कसैले कसैलाई सहयोग गर्ने अवस्था छैन । आफ्नो परिवार सम्हाल्नै ठिक्क छ सबैलाई ।स्थानीय उदयनारायण मल्ली आफ्ना बालबच्चासहित ७ जनाको परिवार जोगिनुमा भगवानको कृपा ठान्छन् । उनले अनलाइनखबरसँग भने, ‘आँधीबेहरी आउँदा बालबच्चासहित सात जना हामी घरमै थियौं । घर दक्षिणतिर ढल्यो । उत्तरतिर ढलेको भए हामी सबै मर्थ्यौं ।
घर भत्किएपछि हामी छिमेकीको घरतिर लाग्यौं ।’प्रभावित क्षेत्रमा अहिले तत्काल शुद्ध पीउने पानी र खानेकुरा आवश्यक देखिन्छ । यतिसम्म कि आँधीबाट ह्याण्ड पम्पसमेत उखेलिएको छ । इनारमा पातपतिंगर र माटो परेकाले पानी पिउन लायक छैन ।बिजुलीका पोलहरु ढलेकाले गाउँमा बत्ती छैन । इन्टरनेट पनि छैन । रुखहरु ढलेर कतिपय बाटा बन्द छन् । फेटा गाउँपालिकाले डोजर लगाएर बाटो खुलाउँदैछ । इँटा भट्टाहरुमा पनि व्यापक क्षति पुगेको छ । चिम्नी भाँचिएका छन् । कतिपय मानिसहरु अहिलेसम्म सम्पर्कमै छैनन् ।