कतारबाट फर्किए २९ हजार नेपाली

जनपत्र
३ मंसिर २०७७, बुधबार ०६:११

कोरोनाभाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका २९ हजार ४ सय ९२ नेपाली स्वदेश फिर्ता भएका छन् । यस्तै ९८ वटा शव समेत नेपाल पठाइएको छ ।

विभिन्न कारणले मृत्यु भइ कोरोना महामारीका कारण महिनौँदेखि अलपत्र परेका नेपाली कामदारका शव स्वदेश पठाइएको हो । साथै कोरोनाका कारण अलपत्र परी रोकिएका नेपाली कामदारहरुलाई दुबै देशका सरकारको सहजीकरणमा स्वदेश फिर्ता पठाइएको हो । यसअघि यूएइबाट पनि कोरोनाका कारण महिनौँदेखि रोकिएका ४२ हजार नेपाली स्वदेश फिर्ता भएका छन् ।

कोरोनाभाइरसलाई मध्यनजर गर्दै कतारी सरकारले सुरक्षित रूपमा रहन आग्रह गर्दै विभिन्न नियम लागु गरेको छ भने सरकारको आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा विना मास्क घुमफिर गर्ने ६ सय ७४ जनालाई पक्राउ गरेको छ ।

साथै यहाँ सरकारको नियम उल्लंघन गर्नेलाई तीन वर्षको जेल सजाय र दुई लाख रियालसम्मको जरिवाना हुनसक्ने नियम जारी गरिएको छ । कतारमा हालसम्म १ लाख ३६ हजार २८ जना संक्रमित हुनुको साथै २ सय ५३ जनाको मृत्यु भएको छ भने १ लाख ३३ हजार ९० जना निको भइसकेका छन् । जसमध्ये कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*